मुम्बई । बलिउडकी चर्चित अभिनेत्री दीपिका पादुकोणले २० किलो कपडा लगाएर यही आश्चर्यजनक काम गर्ने भएकी छिन् ।
निर्देशक संजय लीला बंसालीको आगामी फिल्म ‘बाजीराव मस्तानी’ मा दीपिकाले २० किलोको कपडा लगाएर अभियन गर्नका लागेकी हुन् ।
उक्त फिल्ममा दीपिकालाई २० किलोको सूरक्षा कवज लगाएर यूद्ध मैदानमा तरवार चलाएको देख्न सकिने छ । सोही फिल्ममा अभिनयका लागि हाल उनी प्रशिक्षणमा व्यस्त छिन् ।
‘बाजीराव मस्तानी’ मराठा साम्राज्यका सैनिक बाजीराव र उनका पहिली पत्नी काशीबाई र दोस्रो पत्नी मस्तानीको जीवनमा आधारित छ ।
बाजीरावको भूमिकामा रणवीर सिंह, काशीबाईको भूमिकामा प्रियका चोपडा र मस्तानीको भूमिकामा दिपिका पादुकोण देखिने छन् ।
उक्त फिल्म १८ डिसेम्बर २०१५ मा रिलिज हुनेछ । उक्त चलचित्रमा दीपिकाले रणवीर सिंहसंग रोमान्स गर्ने पनि बताइएको छ ।














प्रतिक्रिया