१२ कार्तिक २०८३, बिहिबार

कपिलवस्तुमा १३ वर्षीया बालिका छेमेकीबाटै बलात्कृत

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, १४ चैत । कपिलवस्तुको मायादेवी गाउँपालिका–४ गौरामा बिहीबार राति १३ वर्षिया बालिका बलात्कृत भएकी छन् । उनलाई छिमेकी युवाले बलात्कार गरेको पीडितले बताएकी छन् ।

बालिकाकी आमाका अनुसार १० बजे घर अगाडीको धारामा पानी भर्ने क्रममा छिमेकी २५ वर्षीय एजाज मुसलमानले बालिकालाई बलात्कार गरेको आरोप लगाइन् । बालिकालाई मुख थुनेर पीडितकै घरमा बलात्कार भएको थियो ।

अर्का छिमेकीले देखेपछि उनको उद्धार गरेर उपचार गराइरहिएको जनाइएको छ । पीडित बालिकाका अनुसार आफूलाई मुखमा कपडा कोचेर बलात्कार गरेको जनाइन् ।

पीडक युवालाई प्रहरीको जिम्मा लगाउने भनेपनि परिवारले जवरजस्ती गाउँलेबाट खोसेर भगाएको पीडित पक्षको आरोप छ ।

फरार रहेका ओरापीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।