
चितवन, १२ चैत । चितवनको भरतपुरस्थित कोरोना विशेष अस्पतालमा मृत्यु भएका युवामा कोरोना नभएको पुष्टि भएको छ । वीरगञ्ज घर भएका ३० वर्षीय सन्तोष यादवको मंगलबार बिहान उपचारका क्रममा मृत्यु भएको थियो ।
भरतपुर कोरोना विशेष अस्पतालमा उपचाररत उनको कोरोना (कोभिड-१९) नभई ‘अटो इम्युन डिजिज’ का कारण मृत्यु भएको कोरोना विशेष अस्थायी अस्पतालका चिकित्सक डा. भोजराज अधिकारीले जानकारी दिए ।
यादवको स्वाबको नमूना परीक्षणका लागि सोमबार नै काठमाडौंको टेकु अस्पतालमा पठाइएको थियो ।
उनी मिर्गौला, छाला र फोक्सोमा समस्या हुने ुलुपुसु नामक रोगबाट विगत देखिनै पीडित थिए ।














प्रतिक्रिया