काठमाडाैं, १० चैत । माछापुच्छ्रे बैंक र महानगरीय प्रहरी कार्यालयको संयुक्त पहलमा हाल विश्वभरका अधिकांश देशमा देखिएको कोरोना भाईरसको संक्रमणबाट बच्नको लागि साबुन पानीले हात धुन अनुरोध गर्दै काठमाडाैंका विभिन्न स्थानमा साबुन पानीको व्यवस्था गरेको छ ।
माछापुच्छ्रे बैंकले आइतबारदेखि काठमाडाैंको अत्यन्त भिडभाड हुने स्थान नयाँ बानेश्वर चोकमा ५००० लिटरको पानी ट्याङ्की तथा साबुन, स्यानिटाईजरको व्यवस्था गरेको हो ।
आइतबार बिहान बानेश्वर चोकमा व्यवस्था गरिएको हातधुने ठाउँको महानगरीय प्रहरी कार्यालय रानीपोखरी काठमाडाैंका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरे तथा माछापुच्छ्रे बैंकका निमित्त प्रमुख कार्यकारी अधिृकत सन्तोष कोइरालाले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
अत्याबश्यक कामका लागि बाहिर निस्किने आम नागरिकको स्वास्थ्यलाई ध्यानमा राख्दै बैंकले बानेश्वर चोक लगायत काठमाडाैं तथा भक्तपुरका अत्यन्त भिडभाड हुने प्रमुख १६ स्थानहरुमा हात धुने ठाउँको व्यवस्था गरेको छ ।














प्रतिक्रिया