१२ कार्तिक २०८३, बिहिबार

रौतहट जिल्ला इन्चार्जसहित २ जना पक्राउ

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट, ८ चैत । प्रतिबन्धित नेत्रबिक्रम चन्द समूहका रौतहट जिल्ला इन्चार्ज सहित २ जना पक्राउ परेका छन् ।

विशेष सूचनाको आधारमा आज बिहान ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट गएको टोलीले दुबैजनालाई रौतहट र मकवानपुरको सिमाना नजिकै पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बिप्लवका जिल्ला इन्चार्ज सङ्केत भनिने कुमार राई र जिल्ला सदस्य जगत गुरुङ रहेको डिएसपी हेमबहादुर शाहीले बताएका छन् ।

उनीहरुको साह बाट एकथान घरेलु नलकटुवा पेस्तोल र एकथान हैण्डगृनेड बरामद भएको डिएसपी शाहीले जानकारी गराएका छन् ।

दुबैजाना प्रहरीको नियन्त्रणमा रहेको र उनीहरुलाई शनिबार १० बजे पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी भइरहेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।