
म्याग्दी, ६ चैत । सरकारले एसईई परीक्षा स्थगित गरेपछि परीक्षा केन्द्र पुगेका विद्यार्थीलाई घर फर्कन स्थानीय सरकारले आर्थिक राहत दिने भएका छन् ।
अन्नपूर्ण र धौलागिरी गाउँपालिकाले एसईई परिक्षामा सम्मिलिन हुन दुईरतीन दिनअघि देखि नै घर छोडेर अर्को गाउँमा डेरागरी बसेका विद्यार्थीलाई घर फर्कन आर्थिक राहतको घोषणा गरेका हुन्।
अन्नपूर्ण गाउँपालिकाले एसईई परीक्षा स्थगित भएपछि अन्यौलमा परेका सबै १ सय ६८ जना विद्यार्थीलाई परीक्षा केन्द्रबाट घर फर्कन र होटलबासको खर्च स्वरुपप्रति विद्यार्थी १ हजारका दरले आर्थिक राहत दिने भएको हो।














प्रतिक्रिया