१२ कार्तिक २०८३, बिहिबार

अन्‍नपूर्ण पदमार्ग घुम्न गएका ३ जना सम्पर्कविहीन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लमजुङ, ६ चैत । अन्नपूर्ण पदमार्ग घुम्न गएका तीन पर्यटक सम्पर्कविहीन भएका छन् । सम्पर्कविहीन हुनेमा दुई विदेशी महिला र एक नेपाली रहेका छन् ।

वेपत्ता हुने पर्यटक नेदरल्याड्सबाट नेपाल घुम्न आएका बताइएको छ । नेदरल्यान्ड्स दूतावासबाट अन्नपूर्ण क्षेत्रमा आफ्ना दुई नागरिकसहित एक नेपाली भरिया हराइरहेको जानकारी दिएको छ ।

उनिहरु जगत, थोराङला हुँदै जोमसोम तर्फ लागेको बताइएको छ । पासपोर्ट नं ‘एनपीआरडीके ६९०३’ का मेडेलिन भान डेर पर्क र ओल्गा स्प्रोन्केन हराइरहेको उल्लेख गरेका छन् । नेपालीको नाम थर खुलाइएको छैन ।

प्रमुख जिल्ला अधिकारीले पर्यटक हराएको भन्ने खबर आएको र आफूहरुले खोजीलाई अगाडि बढाएको जानकारी दिएका छन् ।