बाँके, ६ चैत । नेपालगञ्जमा ट्रकको ठक्करबाट तीन जना घाइते भएका छन् ।
बुधवार बेलुका गणेशमान चोक नजिकै मालबहाक ट्रकले एकै पटक ३ वटा अटो रिक्सा, २ वटा बाईक र एउटा स्कुटीलाई ठक्कर दिँदा तीन जना घाइते भएका हुन् ।
नेपालगञ्जबाट कोहलपुतर्फ जाँदै गरेको ट्रकले ठक्कर दिँदा खजुरा २ का ६४ वर्षीय मोटरसाईकल चालक लालबहादुर थापा गम्भीर घाइते भएका छन् ।
नेपालगञ्ज १३ का अटो चालक सुरज सोनी र स्कुटीमा सवार खजुरा १ का १९ वर्षीय धिरज थापा घाइते भएका छन् ।
ना ७ ख १३९३ नम्बरको ट्रकले भे १ ह ३०७३, भे १ स ३४५६ र भे १ स १२११ नम्बरका ३ वटा अटोलाई ठक्कर दिएको हो ।
ट्रकले भे ४ प ७४१२, भे ५ प ९१४७ नम्बरको मोटरसाईकल र भे ६ प ४१०९ नम्बरको स्कुटरलाई एकसाथ ठक्कर दिएको ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख पविन्द्र बमले जानकारी दिए ।














प्रतिक्रिया