१२ कार्तिक २०८३, बिहिबार

भारतीय प्रहरी पोशाकमै अनुमतिबिना खुलेआम नेपाल पस्याे

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दैलेख , ४ चैत ।   भारतीय प्रहरीको ज्यादती नेपाली. भूमिमा हुने गरेका घटनाहरुमा बारम्बार दोहोरिने गरेका छन् । यस्तै मंगलबार बिहान फेरि भारतीय प्रहरी बिनाअनुमती प्रहरी पोशाकमै नेपाल छिरेको छ ।

भारतीय प्रहरी पोशाकसहित दैलेख आइपुगेका हुन् । दैलेखका एक युवाले भारतमा चोरी गरि नेपाल आएको भन्दै खोज्नका लागि भारतीय प्रहरी दैलेख आएको बताएका छन् । पोशाकसहित जिल्ला सदरमुकाममा खुलेयाम हिँडिरहेको देखेपछि स्थानीयले बिरोधसमेत जनाएका छन् ।

भारतीय प्रहरीका सई विजय विवेकको नेतृत्वमा ३ जना प्रहरीसहित ४ जनाको टोली दैलेख आएको हो। भारतको हरियाणा प्रदेश यमुनानगर जिल्लाबाट तीनजना प्रहरीसहितको चारजनाको टोली दैलेख आएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक उपेन्द्रप्रसाद आचार्यले जानकारी दिए ।

उनिहरुलाई अनुमति लिएर र सादा पोशाकमा हिँड्न भनेको आचार्यले जानकारी दिए ।