११ कार्तिक २०८३, बुधबार

राप्रपा र राप्रपा नेपालबीच एकीकरणको तयारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rpp

काठमाडौं, २४ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीले राप्रपा नेपालसँग पार्टी एकीकरण प्रयासका लागि महामन्त्री दीपक बोहराको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ ।

राप्रपाको पदाधिकारी समन्वय समितिको आइतबार काठमाडौंमा बसेको बैठकले महामन्त्री बोहराको संयोजकत्वमा अनौपचारिक वार्ता समिति गठन गरेको सहप्रवक्ता किरण गिरीले जानकारी दिनुभयो । राप्रपा नेपालले पनि वार्ताका लागि वार्ता टोली गठन गरिसकेको छ ।

‘राप्रपा नेपासँग आवश्यक कुराकानी गर्नको लागि अनौपचारिक वार्ता समितिको गठन गरिएको छ’, सहप्रवक्ता गिरीले भन्नुभयो ।
समितिमा महामन्त्री बुद्धिमान तामाङ, प्रवक्ता ठाकुरप्रसाद शर्मा र सहप्रवक्ता किरण गिरी सदस्य रहनुभएको छ ।

बैठकमा अध्यक्ष पशुपति शम्शेर जबरा र पूर्व अध्यक्ष सूर्यबहादुर थापाले अघिल्लो हप्ता राप्रपा नेपालका अध्यक्ष कमल थापाले भेटेर पार्टी एकताका लागि पहल गरेको विषयमा जानकारी दिइएको थियो ।