१२ कार्तिक २०८३, बिहिबार

चट्याङ लागेर बैतडीमा बालिकाको मृत्यु

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैतडी, २ चैत । चट्याङ लागेर बैतडीमा एक बालिकाको मृत्यु भएको छ। शिवनाथ गाउँपालिका–२ टाँडीखर्ककी १२ वर्षीया निर्मला मडैको चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

शनिबार दिउँसो करीब ४ बजे गाईगोरु चराएर घर फर्कदै गरेको अवस्थामा निर्मलालाई चट्याङ लागेको र घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक अशोक पालले बताए ।

घरबाट करीब ६ सय मिटर पर रहेको जंगलमा चट्याङ लागेर उनको मृत्यु भएको छ ।