२८ आश्विन २०८३, बुधबार

बामदेव–रमेश खरेल झगडा : छानी छानी डीएसपी सरुवा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bamadev-gautam-and-Ramesh-Kharel

काठमाडौं । गृहमन्त्री एवं एमाले उपाध्यक्ष बामदेव गौतम र काठमाडौंका प्रहरी प्रमुख रमेश खरेलबीचको झगडाको प्रभाव नेपाल प्रहरीभित्र देखिन थालेको छ ।

गौतमसँगको झगडाकै कारण काठमाडौंमै उत्कृष्ट काम गरेका तीन जना डीएसपीलाई खरेलको सिफारिसमा प्रहरी प्रधान कार्यालयले सरुवा गरेको छ ।  बानेश्वरका डिएसपी रेवती ढकाल, महाराजगन्जका प्रभु ढकाल र स्वयम्भुका डिएसपी दयानिधि ज्ञवाली खरेलको कोपभाजनमा परेका हुन् ।

रेवतीलाई प्रहरी प्रधान कार्यालय तानिएको छ भने महाराजगन्जका प्रभु ढकाल विराटनगर पुगेका छन् । यसैगरी, स्वास्थ्य बृत्तका इन्चार्ज ज्ञवाली बागलुङ पुगेका छन् । आफूहरुले उत्कृष्ट काम गर्दा पनि अन्यायपूर्ण ढंगले सरुवा गरिएको भन्दै तीनजना डीएसपीले प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालसँग असन्तुष्टि पोखिसकेका छन् ।

उपप्रधानमन्त्री समेत रहेका गृहमन्त्री गौतमले मुखै छाडेर अभिव्यक्ति दिएपछि एमाले पृष्ठभूमिका डीएसपीहरुलाई काठमाडौं प्रहरी प्रमुख खरेलले फरक ढंगले हेर्न थालेका थिए । गृहमन्त्री गौतमलाई आफ्नो शक्ति देखाइदिन उनले एमाले पृष्ठभूमिका डीएसपीहरुलाई आफ्नो मातहतबाट सरुवा गर्न प्रहरी महानिरीक्षकलाई सिफारिस गरेको बताइएको छ ।

आफैले काठमाडौंमा सरुवा गरेर ल्याएका कारण प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल खरेलको कुरा टार्न सक्दैनन् ।

गृहमन्त्रीलाई समेत थाहा नदिइ एमाले पृष्ठभूमिका डीएसपीलाई मात्र छानेर सरुवा गरिएपछि एमालेभित्र तरंग ल्याएको छ । गृहमन्त्री गौतम समेत आश्चर्यमा परेका छन् ।

खरेललाई काठमाडौंबाट हटाउने प्रयास जारी रहे पनि प्रहरी महानिरीक्षक अर्यालको अर्यालका अडानका कारण नसकेको गृह मन्त्रालय स्रोतले जनाएको छ ।