काठमाडौँ, २४ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब बन्ने संविधानमा मंहिलाका अधिकार सुनिश्चित गरिने प्रतिबद्धता जनाउनुभएको छ ।
आइतबार १०५ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शुभकामना सन्देश दिँदै सामाजिक सुरक्षालगायत महिलामाथि हुने अन्यायका विरुद्धमा जुध्ने आत्मबल र प्रेरणाका लागि सबै महिलामा हार्दिक शुभेच्छा व्यक्त गर्नुभयो ।
सन्देशमा उहाँले भन्नुभएको छ- यतिबेला हामी २०६२/६३ को ऐतिहासिक जनआन्दोलनबाट प्राप्त उपलब्धिहरूलाई संस्थागत गर्ने अभियानमा केन्द्रित छौँ ।
अहिले हामी संविधानसभाबाट सम्पूर्ण जनताका हक-अधिकारहरुलाई सुरक्षित गर्दै जनताको संविधान जारी गर्ने संवेदनशील मोडमा आइपुगेका छौं । सम्पूर्ण जटिलता र बाधा व्यवधानलाई चिर्दै हामी जनताको संविधान जारी गरेरै छोड्ने प्रतिबद्धतासमेत व्यक्त गर्न
चाहन्छौँ ।
अहिलेको यो जटिल र संवेदनशील घडीमा आ-आफ्नै पङ्क्तिलाई एकताबद्ध र सङ्गठित गर्दै संविधान निर्माणको यो अभियानमा समेत अगाडि बढ्न सम्पूर्ण महिला दिदीबहिनीलाई उहाँले आह्वान गर्नुभएको छ ।















प्रतिक्रिया