११ कार्तिक २०८३, बुधबार

धावनमार्गमा अड्किएको टर्किस एयरविमानलाई पार्किङस्थल पुर्‍याइयो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

slxn] x6fpg] M rf/ lbg cuf8L b'3{6gf ePsf] 6ls{h Po/nfOG;sf] ljdfgnfO{ x6fpg] k|of; u/Lb} . tl:a/M k|bLk/fh jGt ÷ /f;;

काठमाडौँ, २४ फागुन । चार दिनको अनवरत प्रयासपछि धावनमार्गबाट पन्छाइएको दुर्घटनाग्रस्त टर्किस एयरलाइन्सको विमानलाई पार्किङस्थलमा पुर्‍याइएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग नजिक धस्सिएको जहाजलाई तानेर शनिबार साँझ करिब ७ बजे पार्किङस्थल नजिक आन्तरिक विमानस्थल अगाडि पुर्‍याइएको थियो ।

१५० स्वदेशी तथा विदेशी प्राविधिक र ५०० भन्दा बढी विभिन्न सुरक्षा निकायका जनशक्ति तथा विभिन्न उपकरणको सहयोगमा दुर्घटनाग्रस्त जहाजलाई तानिएको हो ।

विमान पन्छाएर धावनमार्ग खुलेपछि शनिबार राति ९ बजेदेखि अन्तर्राष्ट्रिय उडान नियमित भइरहेको विमानस्थलले जनाएको छ ।

विमानस्थलका प्रबन्धक पूर्णप्रसाद चुडालका अनुसार टर्किस एयरलाइन्सको विमानलाई विमानस्थलको पूर्वपट्टिको हेलिप्याडतर्फ पुर्‍याउनका लागि प्राविधिकले तयारी गरिरहेका छन् ।

त्यसका लागि अहिले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक रतीशचन्द्रलाल सुमनसहितका पदाधिकारी र प्राविधिकबीच बैठक बसिरहेको छ ।

टर्किस एयरलाइन्सको जहाजलाई पार्किङस्थलमा पुर्‍याएर मात्र त्यसको प्राविधिक परीक्षण तथा मर्मतको काम सुरु हुने प्रबन्धक चुडालले जानकारी दिनुभयो ।

उक्त एयरलाइन्सका सात प्राविधिक शनिबार दिउँसो काठमाडौँ आइपुगेको र आज साँझसम्म अन्य प्राविधिक तथा कर्मचारी पनि आइपुग्ने उहाँले बताउनुभयो ।

अवरुद्ध विमानस्थल सञ्चालनमा आए पनि गन्तव्यको पर्खाइमा बसेका सयौँ यात्रु निकै उत्साहका साथ विमानस्थलमा पुगेका देखिन्थे ।

चार दिनसम्म उडान नहुँदा विभिन्न समस्यामा परेका यात्रुले आफूहरुले राहत महसुस गरेको बताए ।

आइतबार बिहानै एयर एसियाबाट मलेसिया जान लागेका भोजपुरका अनिल अधिकारीले विमानस्थलका प्रस्थान प्रवेशकक्षमा लामबद्ध अवस्थामा खुसी हुँदै भन्नुभयो–“एक हप्तादेखि काठमाडौँको निस्सासिँदो र पीडादायक बसाइबाट अब बल्ल मन आनन्दित भएको छ ।”

चार दिनसम्म विमानस्थल अवरुद्ध हुँदा २१ हजारभन्दा बढी यात्रु रोकिएर अलपत्र अवस्थामा थिए ।

turkis-airlance turkis biman Turkis-Airlinews-Crash-Kathmandu Turkish-Airlines1