बनेपा । नेपाल प्रेस युनियन काभ्रेको अध्यक्षमा कपिल कोइराला निर्वाचित हुनुभएको छ । युनियनको पाँचौँ जिल्ला अधिवेशनबाट उहाँ सो पदमा निर्वाचित हुनुभएको हो ।
युनियनको उपाध्यक्षमा नगेन्द्र अधिकारी निर्वाचित हुनुभएको छ । त्यस्तै सचिवमा मधुसूदन तिमिल्सिना, कोषाध्यक्षमा मोहनकृष्ण तिमिल्सिना र सदस्यहरूमा सम्झना हुमागाईं, देवराज केसी, सन्तोष तिमिल्सिना, प्रकाश हुमागाईं, श्रीहरि अधिकारी, सरोज अधिकारी र इन्द्रबहादुर थापा निर्वाचित हुनुभएको छ ।
अधिवेशनले १९ जना पार्षद्समेत निर्वाचित गरेको छ ।














प्रतिक्रिया