१३ कार्तिक २०८३, शुक्रबार

क्वारेन्टाइनमा रहेकाहरु सोमबार घर फर्किने सम्भावना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ फागुन ।   चीनको वुहान शहरबाट उद्वार गरी भक्तपुरको खरिपाटी क्वारेन्टाइनमा राखिएकालाई सोमबार घर फर्काइने सम्भावना रहेको बताइएको छ ।

दोस्रो पटकको थ्रोट स्वाव (घाँटी र नाकको र्‍याल) परीक्षण कार्य अन्तिम चरणमा पुगेको छ । क्वारेन्टाइनमा बसिरहेका १ सय ७५ जना नेपालीको थ्रोट स्वाव संकलन गरी प्रयोगशालामा पठाइएको छ ।

उनिहरुको स्वास्थ्य परिक्षण अन्तिम चरणमा पुगेको र भाइरस नेगेटिभ देखिए सोमबार घर फर्काउने तयारी भएको बताइएको छ । वुहानको ६ वटा सहरमा रहेका १ सय ७५ नेपालीलाई दुई साता अघि स्वदेश ल्याइएको हो ।

उद्धार गरिएका सबै नेपालीलाई खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रस्थित क्वारेन्टाइनमा राखिएको छ ।