१३ कार्तिक २०८३, शुक्रबार

कोरोना त्रासका कारण भ्रमण वर्षका लागि देश बाहिर हुने कार्यक्रम स्थगित

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ फागुन ।  नेपाल भ्रमण वर्ष चलिरहका बेला चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरसका कारण नेपाल भ्रमण वर्ष २०२० लाई पनि यसले प्रभाव पारेको छ ।

कोरोना भाइरसको संक्रमणकै कारण संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भ्रमण वर्ष सन् २०२० का लागि देशबाहिर हुने कार्यक्रम तत्कालका लागि स्थगित गरेको छ ।

कोरोना भाइरसको संक्रमण विश्वव्यपी बनेकोले देशबाहिर भैरहेका औपचारिक कार्यक्रम स्थगित गरिएको पर्यटनमन्त्री योगेश भटराईले जानकारी गराउनुभएको हो ।