![slxn] x6fpg] M rf/ lbg cuf8L b'3{6gf ePsf] 6ls{h Po/nfOG;sf] ljdfgnfO{ x6fpg] k|of; u/Lb} . tl:a/M k|bLk/fh jGt ÷ /f;;](https://www.dainiknepal.com/wp-content/uploads/2015/03/1425727804123_Pro_Ktm_-Airport-ma-Tuirkash-Air-2.jpg)
काठमाडौं, २३ फागुन । चारदिन देखि अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शनिवार रातिदेखि सञ्चालनमा आएको छ ।
बुधबारदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा अड्किएको टर्किस एयरलाइन्सको विमान शनिवार साँझदेखि ट्रयाकमा आएपछि विमानस्थल सूचारु भएको हो ।
उडान परीक्षण भइसकेको र नियमित उडान सूचारुको तयारी भइरहेको नेपाल नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक रतिस चन्द्रलाल सुमनले जानकारी दिनुभयो । उहाँका अनुसार टर्किस बिमानलाई धावनमार्गबाट तानेर पार्किङ क्षेत्रमा पुर्याएपछि बिमानस्थल सेवा सुचारु भएको हो ।
विमानस्थलका अनुसार आजसम्म २४ हजार ३०० यात्रु तयारी अवस्थामा छन् भने त्यत्तिकै सङ्ख्यामा विभिन्न मुलुकका विमानस्थलबाट यात्रुहरु काठमाडौँ आउने तयारीमा छन् ।
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक रतिशचन्द्रलाल सुमनले विमानस्थल अवरुद्ध हुँदा बढेको यात्रुको चापलाई व्यवस्थित र सहज बनाउन विमानस्थल सञ्चालनमा आएपछि २४ सै घन्टा खुला गर्न लागिएको बताउनुभयो ।
उहाँले अवरुद्ध बनेको दिनसम्मको अवधि २४ सै घन्टा खुलाउने र सञ्चालन समयपछिका उडान नियमित हुने तर त्यसअघिका उडान डिले हुने जानकारी दिनुभयो ।
यसअघि विमानस्थल बेलुका ६ बजेसम्मका लागि बन्द गरिएको थियो । टर्किस विमानलाई प्राविधिकहरुले धावनमार्गबाट हटाएपछि उडान सेवा सूचारु भएको हो ।
यस्तै, विमानस्थलले चारदिनसम्म २४ सै घण्टा सेवा सूचारु राख्ने जनाएको छ । यात्रुको चापलाई मध्यनजर गर्दै विमानस्थले यस्तो सेवा दिने तयारी थालेको छ ।
चारदिनदेखि विमानस्थल बन्द हुँदा देशविदेशमा अलपत्र परेका हजारौं नागरिक गन्तव्यमा लाग्ने तयारीमा छन् ।

– विमान उडानको पर्खाईमा बसेका यात्रुहरु ।




![slxn] p8g] M tLg lbgb]lv cGt//fli6«o ljdfg:yn aGb ePkl5 cnkq cj:yfdf :jb];L ko{6sx? ljdfg:yn kl/;/df . tl:a/M k|bLk/fh jGt ÷ /f;;](https://www.dainiknepal.com/wp-content/uploads/2015/03/1425727594840_Pro_Ktm_Airport-Ma-alapatra-yatru-1.jpg)
![slxn] p8g] M tLg lbgb]lv cGt//fli6«o ljdfg:yn aGb ePkl5 cnkq cj:yfdf ljb]zL ko{6s . tl:a/M k|bLk/fh jGt ÷ /f;;](https://www.dainiknepal.com/wp-content/uploads/2015/03/1425727463942_Pro_Ktm_Airport-Ma-alapatra-yataru-3.jpg)











प्रतिक्रिया