– रामसुन्दर आचार्य
धुलिखेल, २३ फागुन । नेकपा एमालेका सचिव योगेश भट्टराइले तत्काल सरकार परिवर्तन नहुने बताउनुभएको छ ।
शनिवार काभ्रेको धुलिखेलमा नेकपा एमाले पोखरीचौरी काठमाडौ सम्पर्क मञ्चले आयोजना गरेको बनभोजलाई सम्बोधन गर्दै सचिव भट्टराइले संविधान निर्माणमा कांग्रेस निष्क्रिय बन्दै गएकाले एमालेले घच्घच्याएको बताउनुभएको हो ।
उहाँले भन्नुभयो–‘एमालेले सरकारको परिवर्तन चाहेको होइन सरकारको क्रियाशिलता चाहेको हो, एमाले संविधान निर्माण छिटो गर्न चाहन्छ तर कता कता काग्रेस निष्क्रिय बन्न थालेको छ ।
उहाँले थप्नुभयो–‘एमाओवादी र मोर्चा पनि सहमति नै अन्तिम विकल्प भनेर फर्किए तर कांग्रेस निष्क्रिय बन्दै गएको छ । उहाँले एमालेका मन्त्रीहरुले जनताको काम गर्न नसकेकोमा आक्रोश समेत पोख्नुभयो । उहाँले एमालेका मन्त्रीहरु किन सेलाउँदै गएका ? मन्त्रीहरु सोखिन किन बन्न थालेका छन् ? प्रश्न समेत गर्नुभयो ।















प्रतिक्रिया