काठमाडौं, २३ फागुन । बुधबारदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा अड्किएको टर्किस एयरलाइन्सको विमान शनिवार साँझदेखि ट्रयाकमा आएको छ ।
विमानसेवा सुचारु गर्न विमानस्थल कार्यालयका कमर्चारीले तयारी गरिरहेका छन् । केहीबेरमा उडान सूचारु गरिने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महानिर्देशक रतिस चन्द्रलाल सुमनले जानकारी दिनुभयो ।
यसअघि विमानस्थल बेलुका ६ बजेसम्मका लागि बन्द गरिएको थियो । टर्किस विमानलाई प्राविधिकहरुले धावनमार्गबाट हटाएपछि उडान सेवा सूचारु गर्न तयारी थालिएको हो ।
उहाँका अनुसार विमानस्थलमा साढे ७ बजे परीक्षण उडान गरिनेछ । त्यसपछि राति ९ बजेदेखि नियमित उडान अवतरण सुरू हुनेछ ।
चारदिनदेखि विमानस्थल बन्द हुँदा हजारौं नागरिक देशविदेशमा अलपत्र परेका छन् ।
















प्रतिक्रिया