१३ कार्तिक २०८३, शुक्रबार

सरकारद्वारा लिम्पियाधुरा र लिपुलेकसहितको नयाँ नक्सा तयार

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ फागुन ।  नेपाल सरकारले भारतद्वारा अतिक्रमित नेपाली भूभाग लिम्पियाधुरा, लिपुलेकसमेतलाई समेटेर नयाँ नक्सा तयार पारेको छ । तयार पारेको नक्सा छिट्टै सार्वजनिक गरी देशव्यापी बनाउने योजना रहेको सरकारले जनाएको छ ।

नेपालको हालको नक्सामा भारतद्धारा मिचिएका ती भूमिलाई समावेश नगरिएकाले नागरिकस्तरबाट सरकारको कडा आलोचना हुँदै आएपछि सरकारले ती भूमि समेटेर नयाँ नकसा तयार पारेको हो ।

नयाँ नक्सा सार्वजनिक भएपनि भारतसंगको कुटनीतिक वार्ताको तयारी पनि भइरहेको जनाएको छ । भारतले नेपाली भूभाग कालापानी, लिपुले र लिम्पियाधुरालाई समेटेर देशको नयाँ नक्सा सार्वजनिक गरेपछि यसको चर्को विरोध भएको थियो ।

नेपालले पनि नयाँ नक्सा सार्वजनिक गर्नुपर्ने भन्दै व्यापक जनदवाब बढेसंगै सरकारले नयाँ नक्सा सार्वजनिक गरेको हो ।