काठमाडौं, २३ फागुन । विश्वकप क्रिकेट अन्तर्गत शनिबारको खेलमा पाकिस्तानले दक्षिण अफ्रिकालाई २९ रनले पराजित गरेको छ । यो जितसंगै पाकिस्तानले विश्वकप क्रिकेटमा ३ जित दर्ता गरेको छ । अन्तिम आठमा उक्लिने सम्भावना बढेको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले वर्षाले प्रभावित खेलमा निर्धारित ४७ ओभरमध्ये ४६.४ ओभरमा अलआउट हुँदै २२२ रन बनाएको थियो ।
डिएल मेथडका आधारमा २३२ रन लक्ष्य पाएको दक्षिण अफ्रिकाले ३३.३ ओभरमा २०२ रन बनाउँदै अल आउट भयो ।
पाकिस्तानका लागि कप्तान मिसवाहउलहकले सर्वाधिक ५६ रनको योगदान दिए । यस्तै युनिस खान ३७, सर्फराज अहमदले ४९, सहिद अफ्रिदीले २२ रनको योगदान दिए ।
यस्तै अफ्रिकाका लागि ड्याल स्टेफेनले ३ विकेट लिएका थिए । पाकिस्तान सामू दक्षिण अफ्रिकाका व्याटस् म्यान चल्न सकेनन् ।














प्रतिक्रिया