दाङ, २३ फागुन । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले असहमतिका विषयलाई अल्झाइराखेर संविधान नै अवरुद्ध गर्ने काम गर्न नहुने बताउनुभएको छ ।
प्रेस चौतारी दाङले आज घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले सहमति नहुने विषयलाई अर्को कुनै उपायबाट टुङ्ग्याउने गरी संविधान जारी गर्नुपर्नेमा जोड दिनुभयो ।
सङ्घीयताको विषयलाई थाती राखेर सङ्घीय आयोग बनाउने र बाँकी विषयलाई टुङ्ग्याएर संविधान जारी गर्ने नेता विजयकुमार गच्छदारको प्रस्ताव सकारात्मक भएकाले त्यसलाई आधार बनाएर वार्ता गर्न सकिने उहाँले बताउनुभयो ।
















प्रतिक्रिया