११ कार्तिक २०८३, बुधबार

पाँच दिनदेखि अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २ बजेपछि मात्रै खुल्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

turkis-airlance

काठमाडौँ, २३ फागुन । टर्किस एयरको जहाज दुर्घटनामा परेपछि बुधबारदेखि अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज अपराह्न २ बजेदेखि पुनःसञ्चालन हुने भएको छ ।

नागरिक उडड्यन प्राधिकरणद्वारा आज विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा महानिर्देशक रतीशलाल सुमनले दिउँसोदेखि अन्तर्राष्ट्रिय उडान आवतजावत गर्नका लागि प्रयत्न भइरहेको जानकारी दिनुभयो ।

जहाजलाई आज बिहान करिब ९ बजे मुख्य धावनमार्गस्थित सुरक्षित स्थानमा पुर्‍याइएपछि विमानस्थल पुनःसञ्चालन हुने सम्भावना बढेको छ ।

दुर्घटनाग्रस्त जहाजलाई ट्याक्सी वेमा ल्याउनका लागि नेपाली प्राविधिक तथा भारतबाट आएका प्राविधिकका साथै विशेषज्ञ, सुरक्षाकर्मी तथा कर्मचारीले सहयोग गरेका थिए । जहाज गुडाउनका लागि ग्राभेलिङ तथा आवश्यक अन्य तयारी गरिएको थियो ।

अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालन हुन नसक्दा विमानस्थलमा यात्रु अलपत्र परेका थिए । उडानका लागि तयारी भइरहेकाले विमानस्थल पुगेका यात्रु खुसी देखिएका छन् ।

सञ्चारकर्मीको समूहलाई दुर्घटना भएको स्थलतर्फ समाचार सङ्कलन तथा तस्बिर खिंचाउन लैजाने तयारीसमेत भएको छ ।

अवरुद्ध विमानस्थल खुलेपछि यात्रुलाई सहज सेवा दिनका लागि २४सै घन्टा विमानस्थल सञ्चालनमा ल्याइने प्राधिकरणले जनाएको छ ।