११ कार्तिक २०८३, बुधबार

जेठ १५ गते संविधान जारी हुन्छ : एमाले नेता भुसाल

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ghanshyam-Bhusalम्याग्दी, २३ फागुन । नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले आगामी जेठ १५ गते नयाँ संविधान जारी हुने ठोकुवा गर्नुभएको छ ।

प्रेस चौतारी नेपाल म्याग्दी शाखाले आज बेनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा भुसालले विपक्षी दलहरुसँग सुरु भएको वार्ता सकारात्मक बन्दै गएकाले अधिकतम सहमतिमा संविधान जारी हुने बताउनुभयो ।

जेठ १५ गते गणतन्त्र स्थापना दिवसको अवसर पारेर संविधान जारी गर्ने विषयमा छलफल चलिरहेको भन्दै नेता भुसालले संविधान निर्माणका लागि अब नेपाली काँग्रेसले सकारात्मक र रचनात्मक भूमिका निर्वाह गर्नुपर्ने जरुरी छ भन्नुभयो । रासस