२९ आश्विन २०८३, बिहिबार

‘पुनर्जन्म’, ‘झिग्राना’ र ‘भीमदत्त’को भीडन्त सुरू, हेर्न दर्शक नै आएनन्

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

punarjanmaकाठमाडौं । फ्राइडे रिलिज अन्तर्गत शुक्रबारबाट तीन नयाँ चलचित्र प्रदर्शनमा उत्रिएका छन् ।

चलचित्र हुन्, ‘पुनर्जन्म’, ‘झिग्राना’ र ‘भीमदत्त’ ।

गत शुक्रबार प्रदर्शनमा आएका दुई चलचित्र ‘मिसन पैसा २’ र ‘अझै पनि’ले लगानी उठाउन त परै जाओस् प्रचार खर्चसमेत फिर्ता लिन नसकेको यर्थात जान्दाजान्दै पनि यी तीन चलचित्र एक अर्काको प्रतिस्पर्धामा उत्रिएका हुन् ।

‘पुनर्जन्म’ साजन श्रेष्ठले निर्देशन गरेको चलचित्र हो । ‘झिग्राना’का निर्देशक पासाङ लामा रहेका छन् ।

‘भीमदत्त’ टासी लामाको निर्देशनमा तयार भएको छ । तीन चलचित्रमध्य पुनर्जन्मको बाहेकका अन्य चलचित्रको ओपनिङ राम्रो हुन नसकेको बितरहरुको भनाइ छ ।

‘पुनर्जन्म’ पछिल्लो समय रुचाहिएका हीरो आर्यन सिग्देल अभिनित चलचित्र हो ।

आर्यनको पछिल्लो समय सार्वजनिक भएका कुनै पनि चलचित्रले गतिलो ब्यवसाय नगरे पनि यसले दर्शकको मन जित्ने आस निर्माण पक्षको छ ।

प्रचारप्रसारसमेत ब्यापक गरिएको यो चलचित्र सत्य घटनामा आधारित रहेर निर्माण गरिएको हो ।

‘पुनर्जन्म’ले मनोरञ्जनसँगै अहिलेको पुस्तालाई नेपाली राजनीतिक इतिहासको प्रसंग र पूराना संस्कृतिबारेमा जानकारी दिनेछ ।

मोहन कृष्ण श्रेष्ठले भद्र बहादुर शाहीसँगको सहकार्यमा निर्माण गरेको यो चलचित्र एम.के.इन्टरटेनमेन्ट प्रा.लि.को व्यानरमा निर्मित छ ।

bhimdattaआर्यन सिग्देल, केकी अधिकारी, गजित बिष्ट, सुस्मिता शाही, मिथिला शर्मा, विजय लामा, लक्ष्मी गिरी, रश्मी भट्ट, देशभत्त खनाल, रुश्मा श्रेष्ठलगायतको अभिनय रहेको यस चलचित्र सुदर्शन श्रेष्ठले लेखेका हुन् ।

शिव ढकाल र नवराकृष्ण थापाको संयुक्त छायांकन रहेको चलचित्रमा अष्ट महर्जनको द्वन्द्व तथा रोहित कट्टेलको बितरण रहेको छ ।

त्यस्तै ‘झिग्राना’ हरर विषयमा निर्मित चलचित्र हो ।

निकुन श्रेष्ठ, मेनुका प्रधान, ज्योति कार्की, शान्ति गिरी, दीवाकर पिया, वीना पाण्डे, अरुण रेग्मी र बिदेशी नागरिक हना गेसतिव्स्कीलगायतको अभिनय चलचित्रमा समेटिएको छ ।

चलचित्र पासङ लामा, सन्तोष शाही र निभ प्रधानले मिलेर बनाएका हुन् ।

गोल्डेन याक एन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माण भएको यो चलचित्र एक गैरसरकारी संस्थाको कर्मचारीहरुको समुहले नेपालको दुर्गम भागमा काम गर्ने क्रममा रहस्यमय घटनाहरु भोग्दछन् ।

Jhigrana-Movieचलचित्रले तिनिहरुको भोगाइ पर्दामा उतारेको निर्देशक लामाले बताए । चलचित्र प्रचारका क्रममा प्रतियोगितासमेत संचालन गरिएको थियो ।

यस्तै नेपाल चलचित्र जाँस पास समिति (सेन्सर वोर्ड) ‘भीमदत्त’ लाई १६ वर्ष मुनिका बालबालिकाले अभिभावकको साथमा हेर्नुपर्ने गरी ‘पिजी’ प्रमाणपत्र उपलब्ध गराएको छ ।

चलचित्रमा समावेश विभिन्न १२ वटा शब्द तथा दृश्यमाथि कैंची चलाउँदै सेन्सर वोर्डले उक्त प्रमाणपत्र उपलब्ध गराएको हो ।

डढेलधुराका किसान नेता भीमदत्त पन्तको राजनीतिक जीवन माथि बनेको यो चलचित्रले च्यारटीबाट आफ्नो लगानी सुरक्षित गरिसकेको छ ।

ढिलो गरी प्रदर्शनमा आएको यो चलचित्रमा निशा अधिकारी, श्रीराम पुडासैनी, नवल खड्कालगायतको अभिनय देख्न सकिन्छ ।