काठमाडौं, २३ फागुन । संविधान निर्माणमा देखिएको विवाद र समग्र राजनीतिक विषयमा छलफल गर्न प्रमुख दलका शीर्ष नेताहरुको बैठक बस्दैछ ।
काठमाडौंमा आज बस्ने बैठकमा संविधान निर्माणका विषयमा छलफल हुनेछ । बैठकमा सत्तारुढ कांग्रेस र एमाले तथा एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाका केही नेताहरूको सहभागिता रहनेछ ।
झण्डै डेढ महिनापछि बस्न लागेको शीर्ष बैठकमा विपक्षी मोर्चाले अघि सारेको सहमतिमा संविधान निर्माण बनाउने विषयमा छलफल हुनेछ ।
बैठकमा विवादमा रहेको संघीयताको विषयमा पनि छलफल हुनेछ । विपक्षी मोर्चाले सहमतिमा संविधान निर्माण भन्दै सडक आन्दोलन सुरू गरेपछि सत्तारुढ दलहरूसँगको औपचारिक सम्वाद टुटेको थियो ।















प्रतिक्रिया