काठमाडौ, २२ फागुन । नेकपा-माओवादीका उपाध्यक्ष सीपी गजुरेलले अहिलेको अवस्थामा संविधान निर्माण भए सडक–सिंहदबारबाट अलग अलग संविधान घोषणा हुने चेतावनी दिएका छन् ।
नेपालमा सबैलाई मान्य संविधान लेख्नलाई अधिकार सम्पन्न राजनीतिक सभाको आयोजना गर्नुपर्ने भन्दै त्यसो नगरीकनै संविधान ल्याउन खोजिए देशमा दुइवटा संविधान जारी हुने चेतावनी दिएका हुन् । ‘राजनीतिक सभा नगरे अन्तर्राष्ट्रिय केन्द्र वा सिंहदरवारबाट र सडकबाट गरी दुईवटा संविधान जारी हुनेछ ।’ उनले भनेका छन् ।
माक्र्सवादी सौन्दर्यशास्त्री डा. ऋषिराज बरालद्धारा प्रकाशित ‘बर्की नम्बर १३९९९’ का सन्दर्भमा दि नेक्स्ट फ्रन्ट र संवाद डवलीले संयुक्त रुपमा आयोजना गरेको अन्तरक्र्रियामा उनले क्रान्तिका महानायकले गति छाडी दिदा क्रान्तिको पराजय भएको र सोको अभिब्यक्ति सबैतिर निरासा, पलायन तथा कुण्ठा देखिन थालेको बताए ।
तर उनले त्यसको कारण पत्ता लगाउन जरुरी भएको बताउँदै भने, ‘अब क्रान्ति कस्ले विर्सजन ग¥यो भनेर गाली गरेर पनि नपुग्ने भएकाले त्यसबाट शिक्षा लिएर क्रान्तिको बाँकी कार्यभार पुरा गर्नुपर्दछ ।’
उनले आफुहरुले गर्न चाहेको प्रयोग अहिल्यै सही सावित हुन नसके पनि त्यस्तो प्रयोग निरन्तर गर्दै गए जनताले साथ दिने विश्वास पनि ब्यक्त गरे ।
‘जनता हाम्रो परिभाषामा भगवान हुन्, उनीहरुले एक पटक पत्याएका थिए, हाम्रा कारणले नपत्याउने भए पनि पुनः ब्यवहारद्धारा पुष्टि गराउन चाहन्छौ’ उनले अगाडि भने, ‘हामी सामन्तवाद र साम्राज्यवादी पहाडरुपी शत्रुलाई पन्छाउन चिनियाँ कथाको बुढो मुर्ख मान्छे हुन परेको छ ।’
उनले काठमाडौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टर्की विमान उठाउन भारतको वायु सेनाको विमान ल्याएर भारतीय सेनालाई नेपाली एअरपोर्टमा ‘इक्सरसाइज’ गराइरहेको बताएका छन् ।
‘भारतीय सेनाले नेपाली सेनालाई परिचालन गर्ने’ बताउँदै उनले नेपालको राष्ट्रियताको प्रसंग उठाएर भने, ‘यस प्रकरणमा राजनैतिक क्षेत्र मात्र नभई अरु क्षेत्रमा पनि गैडाको छालाजस्तो भई सकेको देखियो ।’
‘प्रतिरोध’ कथा संग्रहका कथाकार समेत रहेका नेता गजुरेलले अहिले समय फेरिएकाले त्यही रुपमा साहित्य र कला क्षेत्रका योद्धाहरुले राज्यसत्तामा अराजकता सिर्जना गर्नुपर्ने र क्रान्तिकारीहरुको बीचमा धैर्यता देखाउने बेला आएको बताए । अर्को राजनीतिक आन्दोलन अनिवार्य भईसकेको छ उनले भने ।















प्रतिक्रिया