२९ आश्विन २०८३, बिहिबार

भारतविरुद्ध खेल्न सागर थापाको कप्तानीमा नेपाली फुटबल टोली घोषणा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepali-football-team

काठमाडौं, २२ फागुन । विश्वकप छनोटका लागि भारतसंग खेल्ने नेपाली टीमको घोषणा गरिएको छ ।

शुक्रबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले पत्रकार सम्मेलन मार्फत कप्तान सागर थापाको नेतृत्वमा भारतसंग खेल्ने नेपाली फुटबल टीम तयारी अवस्थामा रहेको जानकारी दिएको हो । शनिबार नेपाली टोली कोलकत्ता जाँदैछ ।

सन् २०१८ को विश्वकप र २०१९ को एसियन कपको प्रारम्भीक छनोट चरणको खेलमा अब नेपालले मार्च १२ अर्थात फागुन २८ गते भारतको गुहाटीमा भारतसँग खेल्दैछ । दोस्रो चरणको खेल १७ तारिखमा दशरथ रंगशालामा खेल्नेछ ।

नेपाली फुटबल टोलीको गोलरक्षकमा किरण चेम्जाङसागै रितेश थापा र विकेश कुथूलाई जिम्मेवारी दिइएको छ । डिफेन्सको जिम्मेवारी कप्तान सागर थापासँगै, सन्दिप तामाङ, विराज महर्जन, रविन श्रेष्ठ, रन्जित धिमाल, दिनेश राजवंशी र अनन्त तामाङले सम्हाल्नेछन् ।

मिडफिल्डमा जगजित श्रेष्ठ, भोला शिलवाल, राजु तामाङ, विक्रम लामा, शिव श्रेष्ठ, विशाल राई बी र हेमन गुरुङ हुनेछन् ।

नेपाली टोलीको फवार्डमा अनिल गुरुङ, जुमानु राई, सन्तोष साहुखल, भारत खवास, विमल घर्तीमगर र अन्जन विष्ट छन् । शनिवार दिउँसो नेपाली टोली भारतको कलकत्ता प्रस्थान गर्ने एन्फाले जनाएको छ ।