११ कार्तिक २०८३, बुधबार

नयाँ संविधानमा सबै जातजातिलाई समेट्छौं : प्रधानमन्त्री कोइराला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sushil-koirala

काठमाडौँ, २२ फागुन । प्रधानमन्त्री सुशील कोइरालाले नयाँ संविधानमा सबै जातजातिको प्रतिनिधित्व हुने बताउनुभएको छ ।

उहाँले मुलुकमा अहिले सत्य, शान्ति र अहिंसाको आवश्यकता रहेकाले बौद्ध धर्मावलम्बीलाई शान्ति र अहिंसाको सन्देश फैलाउन आग्रह समेत गर्नुभयो ।

बौद्ध धर्मका प्रसिद्ध तीर्थस्थलको भ्रमणपछि भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेको बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिका पदाधिकारी एवम् धर्मगुरुसँगको भेटमा प्रधानमन्त्री कोइरालाले गौतम बुद्धको जन्मभूमि नेपालमा यतिखेर द्वन्द्व, हिंसा र विवाद नभई अहिंसा, शान्ति र सहमतिको आवश्यकता रहेको बताउनुभयो ।

“मुलुकमा सधैँ आन्दोलन मात्र भएकाले गरिबी, अभाव र दुःख हट्न सकेन, “प्रधानमन्त्री कोइरालाले भन्नुभयो, “अहिले जनताले शान्ति, अमनचयन र समृद्धि खोजेकाले कसैले पनि आन्दोलन गर्न हुँदैन ।”

नयाँ बन्ने संविधानले मात्र विगतका आन्दोलनका उपलब्धिलाई संस्थागत गर्ने र सबै जातजाति, धर्म, लिङ्ग, क्षेत्र र वर्गका हकअधिकारलाई सुनिश्चित गर्ने बताउँदै प्रधानमन्त्री कोइरालाले त्यसका लागि सबैको सहयोगको अपेक्षा गर्नुभयो ।