२८ आश्विन २०८३, बुधबार

बैंक मेनेजरले गरे अश्लील फोटो खिचेर ब्ल्याकमेलिङ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sex2

काठमाडौं । बैंकमा आएकी एक ग्राहकसँग नजिकिएर गोप्य भिडियो खिची एक मेनेजरले ब्लयाकमेलिङ गरेका छन् । नेपाल बैंक लिमिटेड राजविराज शाखाका प्रबन्धक दीपककुमार दासले एक स्थानीय युवतीलाई ब्ल्याकमेलिङ गरेका हुन् ।

दासलाई प्रहरीले केही दिनअघि पक्राउ गरी थुनामा राखेको छ । प्रहरीका अनुसार बैंकमा आएकी एक स्थानीय युवतीसँग नजिकिएर दासले प्रेमको नाटक गरेका थिए । एक सन्तानका बाबुसमेत रहेका दासले आफू अविवाहित रहेको भन्दै युवतीलाई झुक्याएर शारीरिक सम्बन्धसमेत राखेको  बताइएको छ।

दासको वास्तविकता थाहा पाएपछि युवतीले सम्बनध तोड्न खोज्दा गोप्य रुपमा खिचिएका फोटो देखाएर उनले ब्ल्याकमेलिङ गर्न थालेको अनुसन्धानमा आबद्ध प्रहरीले बताएका छन् । सुरुमा युवतीको बिहे रोक्न खोजेका दासले बिहेपछि पनि सताउन नछाडेपछि युवतीको परिवार प्रहरीमा पुगेको हो ।

युवतीले एक पुरुषसँग बिहे गर्न खोज्दा किस गरिरहेको तथा अन्य गोप्य तस्वीर फेसबुक र इमेलमा पठाएर दासले ब्ल्याकमेलिङ गरेको प्रहरीले जनाएको नयाँ पत्रिकामा खबर छ ।