११ कार्तिक २०८३, बुधबार

विमानस्थल बन्द अझै लम्बियो, शनिबार बिहान १० बजेपछि मात्रै खुल्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Turkish-Airlines1

काठमाडौँ, २२ फागुन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले दुर्घटनापछि अवरुद्ध धावनमार्ग खुलाउन अझै समय लाग्ने भन्दै शनिबार बिहान १० बजेसम्मका लागि सबै अन्तर्राष्ट्रिय उडान स्थगन गरेको छ ।

बुधबार टर्किस एयरलाइन्सको उडान नं टिके ७२६ को विमान अवतरणका क्रममा दुर्घटनापछि अवरुद्ध धावनमार्ग खुलाउन थप समय लाग्ने विमानस्थलले पत्रकार सम्मेलनमा जनाएको हो । अवरुद्ध धावनमार्ग खुलाउन भारतबाट ल्याइएको उपकरणसहित विज्ञ टोलीले काम सुरु गरे पनि अझै समय लाग्ने कार्यालयले बताएको छ ।

टर्किस एयरलाइन्सको विमान दुर्घटना भएदेखि नै अवरुद्ध धावनमार्ग खुलाउन त्यस क्षेत्रमा दक्ष जनशक्ति र उपकरणको प्रयोग गरी युद्धस्तरमा काम भइरहे पनि विमान हटाउन जटिल भएकाले समय लागेको नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक रतीशचन्द्रलाल सुमनले बताउनुभयो ।

मुलुकको जनशक्ति र उपकरणबाट विमान हटाउन सम्भव नभएपछि भारतीय विशेष विमानमार्फत बिहीबार मात्रै विमानलाई सुरक्षित रुपमा उठाउने उपकरण (एयर ब्याग) सहित २५ जनाको विज्ञ टोली आएको थियो ।

विमानस्थलको प्रारम्भिक अनुसन्धानअनुसार कमजोर ‘भिजिबिलिटी’का कारणले बुधबार बिहान सो विमान दुर्घटना भएको अनुमान गरिएको छ ।

यस्तै, विमानस्थल बन्द भएपछि देश तथा विदेशमा यात्रुहरु अलपत्र परेका छन् । निश्चित बजेट भएको नेपालीहरु एयरपोर्टमै खाना नखाएर विमानको प्रतिक्षामा छन् ।