२९ आश्विन २०८३, बिहिबार

उत्कृष्ठ गीतकार अवार्डबाट गोविन्द उपाध्याय सम्मानित

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Govinda-Upadhyaya

काठमाडौं, २१ फागुन । २०७१ सालको उत्कृष्ठ गीतकार अवार्डबाट चर्चित गीतकार गोविन्द उपाध्यायलाई सम्मान गरिएको छ ।

गीत संङ्गितका क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याएको भन्दै क्यापीटल इभेन्टद्वारा आयोजित नेशनल क्यापीटल अवार्डमा चर्चित गीतकार उपाध्यायलाई ‘वर्ष गीतकार अवार्ड’बाट सम्मान गरिएको हो ।

नेशनल क्यापीटल अवार्ड कार्यक्रममा स्वास्थ्य मन्त्री खगराज अधिकारी, सूचना आयोगका अध्यक्ष कृष्णहरी बाँस्कोटा, पुर्वमन्त्री रामकुमार श्रेष्ठ र उद्योग वाणिज्य महाँसघकी उपाध्यक्ष भवानी राणाले नेपाली गीत लेखनमा उल्लेख्य योगदान कदर गर्दै गीतकार उपाध्यायलाई उत्कृष्ट वर्ष गीतकार अवार्ड प्रदान गर्नुभएको थियो ।

गीतकार उपाध्यायलाई गीत लेखनमा पछिल्लो समयमा समय सुहाउँदो परिवेशलाई झल्काएर नेपाली कला क्षेत्रमा पुर्‍याएको योगदान र बहन गरेको सामाजिक उत्तरदायित्वको कदर गर्दै अवार्ड प्रदान गरिएको हो ।

क्यापीटल इभेन्टले उपाध्यायसँगै विभिन्न कलाकार, समाजसेवी, उद्यमीलाई पनि सम्मान गरेको थियो ।

पेशाले एपेक्स डेभलपमेन्ट बैंकमा सिइओ पदमा कार्यरत उपाध्यायका ‘सत्यता’ र ‘सत्यता–२’ एल्बमका गीतमार्फत श्रोतामाझ ख्याती कमाएका उपाध्यायका ‘कथा जिन्दगीको’, ‘पापीनीले’, ‘म त तिम्रो नफापेको मान्छे’, ‘म शराबी’, ‘कस्तो माया लाइयो हजूर’ लगायत दर्जनौं गित हिट छन् ।

बैंकरको व्यस्त समयका वावजुद छोटो समयमै गीत लेखनमा चर्चा कमाएका उपाध्यायले यसअघि पटक-पटक उत्कृष्ट गीतकारको अवार्ड हात पारेका छन् ।

अवार्ड पाएपछि गीतकार उपाध्यायले भन्नुभयो-‘गीत लेखन सुरुमा रहर थियो, अब यो मेरो दैनिकी भइसक्यो । जिवनभर गित लेखनमै रमाउनेछु ।’