११ कार्तिक २०८३, बुधबार

एमालेद्धारा सुखानीका सहिदप्रति श्रद्धाञ्जलिः घटनाको अनुसन्धान हुँदै

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

UML_Yemaleकाठमाडौँ, २१ फागुन । नेकपा एमाले ले सुखानीका सहिदको स्मृतिमा आज श्रद्धाञ्जलि सभा गरेको छ ।

रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेनसिंह राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठको हत्या गरिएको ४२औँ स्मृति दिवसका उपलक्ष्यमा पार्टी कार्यालयमा आयोजित कार्यक्रममा सहिदको तस्बिरमा माल्यार्पण गरी उहाँहरुले गरेको योगदानको चर्चा गरियो ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा तत्कालीन समयमा विभिन्न स्थानमा छरिएको कम्युनिस्ट घटकलाई एकीकृत गर्न विसं २०२८ मा झापा विद्रोहले महत्वपूर्ण भूमिका खेलेको र त्यसको जगमा पछिल्ला आन्दोलन उभिएको बताउनुभयो ।

उहाँले तत्कालीन शासकले कायरतापूर्ण तरिकाले गरिएका सहिदले देखेका सपना पूरा गर्नका लागि जनताको जीवनशैलीमा सुधार गर्न र राष्ट्रको गौरव बढाउन पार्टी प्रतिबद्ध रहेको बताउनुभयो ।

महासचिव ईश्वर पोखरेलले सहिदले देश र जनताको स्वतन्त्रताका लागि देखाएको त्यागको आदर्शलाई पार्टीले अवलम्बन गर्दै उहाँहरुको सपना पूरा गर्न क्रियाशील हुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

वरिष्ठ राजनीतिज्ञ एवम् झापा विद्रोहका जीवित सहिद मोहनचन्द्र अधिकारी तथा राधाकृष्ण मैनालीले विभाजित कम्युनिस्ट घटकलाई एकताबद्ध गरी नयाँ शक्तिशाली कम्युनिस्ट पार्टी निर्माणका लागि सो घटना प्रेरणादायी भएको बताउँदै संविधान निर्माण पूरा गरी जनताको अधिकारलाई संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।

सुखानी सहिद स्मृति प्रतिष्ठानका अध्यक्ष देवराज घिमिरेले उक्त घटनाका सहिदका योगदान तथा जीवनगाथालाई कायम राख्न सुखानी क्षेत्रको संरक्षणको खाँचो औँल्याउँदै सो विद्रोहको महत्व तथा त्यसको प्रभावका बारेमा खोजी अनुसन्धानका कार्यमा संस्था क्रियाशील रहेको बताउनुभयो । कार्यक्रममा सहिद परिवार विश्वेश्वरा दाहाल, जीवन घिमिरे तथा चण्डिका श्रेष्ठको सहभागिता थियो ।