म्याग्दी । पैसा कमाउन विदेश नै जानु पर्छ भन्ने मानसिकता ोकेकाहरुलाई ्म्याग्दीका कुखुरा पालकले स्वदेशमै केही गर्न सकिन्छ भन्ने गतिलो उदाहरण प्रस्तु्त गरेका छन ।
म्याग्दीको हिस्तान–८ औलका महेन्द्र पुर्जा व्यावसायिक कुखुरापालनबाट बाषिक हजारौ आम्दानी गर्न सफल भएका छन । पाँच वर्ष पहिले सामूहिक रूपमा कुखुरापालन सुरु गरेका पुर्जाले अहिले एकल रूपमा कुखुराफार्म सञ्चालन गरेका छन् ।
रु २५ हजार लगानी गरी सुरु गरेको कुखुरापालन व्यवसायबाट मासिक रूपमा रु २० हजारभन्दा बढी आम्दानी हुने उहाँले बताउनुभयो । अहिले उनको फार्ममा करिब ५०० कुखुरा रहेको छन् । फार्ममा उत्पादन भएका कुखुरालाई पर्यटकीय क्षेत्र घोरेपानी, हिस्तान, घराम्दी, काफलडाँडा, राम्चे लगायतका ठाउँमा बिक्री गर्दै आएको पुर्जाले बताउनुभयो । व्यवस्थित बजार नहुँदा आफँैले बोकेर बिक्री गर्नुपर्दा फार्ममा कुखुराको सङ्ख्या बढाउन नसकेको उहाँले गुनासो गर्नुभयो ।
सुरुमा सानो छाप्रोमा कुखुरापालन सुरु गरेका पुर्जाले अहिले सोही व्यवसायको आम्दानीबाट करिब एक हजार ५०० वटा कुखुरा अट्न सक्ने क्षमताको थप दुई वटा खोरसमेत निर्माण गरेका छन् ।
गाउँमा व्यावसायिक आलुखेतीसमेत गर्दै आएका पुर्जाले कुखुराको मलबाट आलुखेतीबाट पनि राम्रो आम्दानी लिन सफल भएका छन् ।
नौ जनाको परिवारलाई गाउँमै व्यावसायिक कुखुरापालन र आलु उत्पादनबाट खर्च जुटाउन सहज भएको पुर्जाको भनाइ छ । सदरमुकाम बेनीदेखि एक दिनको पैदल दुरीमा रहेको औलमा दाना र कुखुराको चल्ला ढुवानी गर्न महँगो हुँदा आफूहरू समस्यामा परेको कृषक पुर्जाको भनाइ छ ।













प्रतिक्रिया