२९ आश्विन २०८३, बिहिबार

विश्वकप क्रिकेटमा बंगलादेशको कठिन जित, स्कटल्याण्ड ६ विकेटले पराजित

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

during the 2015 ICC Cricket World Cup match between Bangladesh and Scotland at Saxton Field on March 5, 2015 in Nelson, New Zealand.

काठमाडौं, २१ फागुन । विश्वकप क्रिकेट प्रतियोगितामा विहीवार बंगलादेशले कठिन जित हात पारेको छ । अन्तिम समयममा स्कटल्याण्डलाई ६ विकेटले पराजित गर्दै बंगलादेश विजयी भएको हो ।

टस हारेर पहिला व्याटिङमा उत्रिएको स्कटल्याण्डले निर्धारित ५० ओभरको खेलमा ८ विकेट गुमाउँदै ३१८ रन बनाएको थियो ।

३१९ रन लक्ष्यसहित जवाफी व्याटिङमा उत्रिएको बंगलादेशले ४८‍.१ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य भेट्टायो । स्कटल्यान्डका लागि क्याइले कोट्‌जेरले सर्वाधिकर १ सय ५६ रन बनाएर किर्तिमान राखे । प्रेस्टन मोमसेनले ३९ रन बनाए । म्‍याट म्‍याछनले ३५ तथा रिचिइ बेरिङटनले २६ रन बनाएका थिए ।

बंगलादेशलका तस्किन अहमदले ३ विकेट लिए भने नासिर होसिइनले २ तथा मसार्फी मोर्ताजा, सकिब अल हसन र सबिर रहमानले समान १–१ विकेट लिए ।

तमिम इकवाल र महमुदुल्लाहको १३९ रनको उत्कृष्ट साझेदारीले बंगलादेशले जितको बाटो तय गरेको थियो । महमुदुल्लाह ६२ रनमा आउट भएवछि तमिमले मुस्फिकर रहिमसँग ५७ रनको साझेदारी गर्दै बंगलादेशको स्कोर उच्च बनाए ।

तमिमले १०० बलमा नौ चौका र एक छक्का प्रहार गर्दै ९५ रन बनाए । रहिमले ४२ बलमा ६० रन बनाएका थिए । सकिव ५२ र सविर ४२ रन बनाएपछि टिमले विजय छोपेको थियो ।