काठमाडौं, २१ फागुन । विश्व फुटबल स्टार लियोनल मेसीको बोलियो टिम वार्सिलोना स्पेनिस कोपा डेल रे फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
बुधबार राति भएको दोस्रो लेगको खेलमा भिल्लारियललाई ३-१ ले पराजित गर्दै बार्सिलोनाले फाइनलमा स्थान सुरक्षित बनाएको हो । पहिलो लेगमा ३-१ कै जित निकालेको बार्सिलोनाले दोस्रो लेग जोडेर ६-२ अंकको जितका साथ फाइनलमा पुगेको हो ।
भिल्लारियलको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले तेस्रो मिनेटमा नै नेयमारको गोलबाट अग्रता लियो । नेयमारले मेस्सीको पासमा गोल गरेका हुन् ।
भिल्लारियलका डस सान्तोषले ३९ औं मिनेटमा घरेलु टोलीका लागि गोल गरेपछि पहिलो हाफ १-१ को बराबरीमा सकिएको थियो ।
दोस्रो आफको ७३ औं मिनेटमा लुइस स्वरेजले गोल गर्दै बार्सिलोनालाई २-१ को अग्रता दिलाए । ८८ औं मिनेटमा नेयमारले व्यक्तिगत दोस्रो गोल गरेपछि बार्सिलोना ३-१ ले विजयी भयो ।
अब उपाधिका लागि बार्सिलोना र एल्थेटिको बिल्बाओ मार्च ३० मा भिड्नेछन् । एल्थेटिको पनि बोलियो प्रतिस्पर्धी हो ।














प्रतिक्रिया