११ कार्तिक २०८३, बुधबार

बाल विवाह गरेको आरोपमा सत्तरी जना पक्राउ

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Police forceमेलम्ची, २१ फागुन । सिन्धुपाञ्चोक मेलम्ची नगरपालिका–४ सिन्धुकोटस्थित दियाले गाउँबाट बाल विवाह गरेको भन्दै बुधबार इलाका प्रहरी कार्यालय मेलम्चीले बेहुला र बेहुलीसहित ७० जनालाई विवाहमण्डपबाटै प्रक्राउ गरेको छ ।

उमेर नपुगेको १४ वर्षीया बालिकाको विवाह हुन लागेको थाहा पाई त्यस्तो विवाह रोक्न प्रहरी र स्थानीय बाल सञ्जाल समितिको आग्रहलाई समेत व्यवस्था गरी विवाह गरेकाले उनीहरु प्रक्राउ परेका हुन् ।

पक्राउ परेका जन्ती सबैलाई इलाका प्रहरी कार्यालय मेलम्चीले गएराति सम्झाइबुझाइ घर पठाएको थियो भने बेहुला, बेहुली, लमी र त्यस्तो विवाह गराउने पुरेतलाई प्रहरीले कानुनअनुसार कारबाही गर्ने प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले बताउनुभयो ।

दश वर्षदेखि १४ वर्ष नपुगेको बालबालिकाको विवाह गरेको हकमा तीन महिनादेखि एक वर्षसम्म कैद र पाँच हजार जरिवाना वा दुवै सजाय हुने उल्लेख गरिएको छ ।