काठमाडौं, २० फागुन । अष्ट्रेलियामा जारी विश्वकप क्रिकेट प्रतियोगितामा आयोजक अष्ट्रेलियाले बुधबारको खेलमा नयाँ ईतिहास रचेको छ । अफगानिस्तानलाई २७५ रनको फराकिलो अन्तरले पराजित गर्दै २०१५ को विश्वकपमा बुधबार अष्ट्रेलियाले ठूलो स्कोर र सबैभन्दा ठूलो अन्तरको नयाँ ईतिहास रचेको हो ।
यो संगै अष्ट्रेलियाले २००७ मा भारतले वर्मुडाविरुद्ध ५ विकेट गुमाएर बनाएको ४११ रनको रेकर्ड पनि ब्रेक गरेको छ । टस जितेर ब्याटिङमा उत्रिएको अष्ट्रेलियाले निर्धारित ५० ओभरको खेलमा ६ विकेट गुमाएर ४ सय १७ रनको फराकिलो योगफल तयार पारेको थियो ।
जवाफी व्याटिङमा उत्रिएको अफगानिस्तानले ३७.३ ओभरमा अलआउट हुँदै १४२ रन मात्रै बनायो । अष्ट्रेलियाका बलर सामु अफगानका व्याटस्म्यान निरीह बने । प्रतियोगितामा यो हारसंगै अफगानिस्तान निराश बनेको छ ।














प्रतिक्रिया