काठमाडौं २० फागुन । अष्ट्रेलियमा जारी विश्वकप क्रिकेटमा पाकिस्तानले दोस्रो जित हात पारेको छ । एसोसिएट राष्ट्र यूइर्एलाई १२९ रनले हराउँदै पाकिस्तानले विश्वकपमा दोस्रो जित दर्ता गराएको हो ।
सुरुवाती खेलमा खराव प्रदर्शन गरेर पाकिस्तानले दुइ खेलमा पराजित भएको थियोे । निरन्तर पराजित भएपछि पाकिस्तानकै समर्थकले विरोध गरेका थिए ।
समग्र पास्तिान तथा विश्वकै दबाबका कारण राम्रो खेलेको पाकिस्तानले बुधबारको खेलमा यूइर्एलाई पराजित गरेर दोस्रो जित दर्ता गरेको हो । यो संगै पाकिस्तानले विश्वकपको अन्तिम ८ मा पुग्ने सम्भावनालाई जिवितै राखेको छ । आजको खेलमा जित हात पारेसंगै पाकिस्तान २ जितबाट ४ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ ।
आजको खेलमा टस जितेर व्याटिङमा उत्रेको पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३३९ रन बनाएको थियो । तीन सय ४० रनको लक्ष्यसहित जवाफी व्याट बोकेर मैदान छिरेको यूएईले ८ विकेटको क्षतिमा २ सय १० रन मात्र बनाएको थियो ।
पाकिस्तानका लागि अहमद शेहजादले ९३, हरिस सोहिलले ७०, मिसबाह उलहकले ६५, सोहिब मक्सुदले ४५ रन बनाएका थिए ।
जवाफी व्याटिङ गरेको यूएईले सुरुवात राम्रो गर्न सकेन । यूएईका लागि साइमान अनवरले ६२, खुर्रम खानले ४३, स्वप्निल पटेलले ३६ तथा अमजाद जावेदले अविजित ४२ रन बनाए ।














प्रतिक्रिया