२९ आश्विन २०८३, बिहिबार

हिरोइनको जबरजस्ती यौनशोषण गर्ने निर्माता-निर्देशक पक्राउ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ARRESTमुम्बई । हिरोइनलाई जबरजस्ती यौनशोषण गरेको आरोपमा एक निर्माता-निर्देशकलाई प्रहरीले पक्राउ गरेको छ । टेलिभिजनमा धारावाहिक कार्यक्रम ‘तलगु’का निर्माता-निर्देशक वेंकट चलपतिलाई यौनशोषणको अरोपमा प्रहरीले बुधबार घरबाटै पक्राउ गरेको हो ।

तेलुगु टीवी धारावाहिककी ३२ वर्षीय नायिका, कलाकारले शुटिङका बेला निर्माता-निर्देशक वेंकट चलपतिले जबरजस्ती गरेर यौनसम्पर्क गर्न बाध्य पारेको आरोप लगाउँदै हैदरावादको एसआर नगर प्रहरी चौकीमा उजुरी दिएकी थिईन् ।

एसआर नगर प्रहरी चौकीका निरीक्षक जी वी रमन गौडले पीडित कलाकारको उजुरीका आधारमा निर्माता-निर्देशक चलपतिलाई पक्राउ गरी अनुसन्धान थालिएको जानकारी दिनुभयो ।

प्रहरीले चलपतिविरुद्ध जबरजस्ती करणी अन्तर्गत महिलाको चरित्र माथि खेलवाड गरेको ऐन अनुसार जाहेरी दर्ता गरेर अनुसन्धान थालेको हो ।