२८ आश्विन २०८३, बुधबार

‘भारत गएर के गरौं ?’ : प्रधानमन्त्री

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sushil-Koirala काठमाडौँ  प्रधानमन्त्री सुशील कोइरालाले परराष्ट्र मामिलासम्बन्धी विज्ञ र कूटनीतिक क्षेत्रमा लामो अनुभव सङ्गाल्नुभएका व्यक्तित्वहरुसँग शनिवार छलफल गर्नुभएको छ ।

प्रधानमन्त्री कोइरालाले आफ्नो सरकारी निवास बालुवाटारमा उहाँहरुलाई बोलाएर आसन्न भारत भ्रमणका विषयमा केन्द्रित रहेर छलफल गरी राय सुझाव लिनुभएको हो ।

छलफलमा भारतका लागि पूर्व नेपाली राजदूत प्रा लोकराज बराल, पूर्व राजदूत डा भेषबहादुर थापा, दुर्गेशमान सिंह, शम्भुराम सिम्खडा, पोषराज पाण्डे, डा केदारभक्त माथेमा, गेजा शर्मालगायतको सहभागिता थियो ।

छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै पूर्व राजदूत बरालले प्रधानमन्त्रीको सद्भावना भ्रमण भएकाले दुई देशबीचको पारस्परिक हित र नेपालको विकासमा केन्द्रित रहेर कुरा गर्न सुझाव दिइएको बताउनुभयो ।

यसैबीच नेपाली काँग्रेसका पदाधिकारीहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बस्यो ।

बैठकमा प्रधानमन्त्रीको भारत भ्रमण, संविधानसभामा मनोनय हुने २६ प्रतिनिधि तथा वर्तमान समसामयिक राजनीतिक विषयमा छलफल भएको काँग्रेसले जनाएको छ