
उदयपुर । उदयपुरमा चट्याङबाट दुईजनाको मृत्यु भएको छ ।
शनिवार विहान ९ :३० बजे चट्याङ पर्दा साउने गाविस–९ टोर्खे बस्ने ३६ वर्षीय डम्बरबहादुर मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले बताएको छ ।
घरमा काम गरिरहेका बेला परेको चट्याङले लागेर मगरको घटनास्थलमै मृत्यु भएको थियो । घटनामा मगरका बुबा चित्रबहादुर मगर र छोरी सीता मगर घाइते भएका प्रहरीले बताएको छ ।
यस्तै जिल्लाको भलायडाँडा गाविस–३ बस्ने वर्ष नखुलेका होइतुङ्छा साइँला राईको पनि चट्याङका कारण मृत्यु भएको छ ।
घर नजिकै बाटोमा हिँडिरहेका राईलाई चट्याङ लाग्दा घटनास्थलमै मृत्यु भएको छोरा मेघजीत राईलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालयले बताएको छ । अहिले घटनास्थलतर्फ प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक बाबुराम पोखरेलले बताउनुभयो ।













प्रतिक्रिया