२८ आश्विन २०८३, बुधबार

शिक्षा पत्रकार समूह गण्डकीमा पोखरेल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prakash-silwal

पोखरा । शिक्षा पत्रकार समूहको शुक्रबार पोखरामा सम्पन्न अञ्चल भेलाले कास्कीका पत्रकार डिआर पोखरेलको संयोजकत्वमा नौ सदस्यीय गण्डकी अञ्चल समन्वय समितिको गठन गरेको छ ।

समितिको सहसंयोजकमा जमुना शर्मा वर्षा, सचिवमा अर्जुन गिरी र कोषाध्यक्षमा महेश खाती चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा वसन्त कँडेल, भवानी अधिकारी, आश गुरुङ, पूर्ण विके र हिमाल लम्साल सदस्य रहनुभएको छ ।

भेलाको उद्घाटन सत्रमा क्षेत्रीय निर्देशनालयका उपनिर्देशक मोतिलाल पोखरेल, कास्कीका निमित्त जिल्ला शिक्षा अधिकारी दामोदार सुदेवी, पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवालीलगायतले शुभकामना दिनुभएको थियो ।