२८ आश्विन २०८३, बुधबार

मोदी नेपाल आउने हल्लाले रातभर प्रहरी हैरान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

narendra-modi-arrives

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउने हल्लाले शुक्रबार रातभर नेपाल प्रहरी हैरान बन्यो ।

विशेष विमानबाट पशुपतिको दर्शनका लागि मोदी नेपाल आउन लागेको चर्चा चलेपछि सुरक्षाका विषयमा प्रहरीमा पनि छलफल भएको थियो । राती ११ बजेसम्म प्रहरी अधिकारी अपुष्ट सूचनाले हैरान भएका थिए । एक प्रहरी अधिकारीले विना जानकारी आउन लागेको सूचना आएपछि सबै सुरक्षा अलर्ट राखेको बताए । तर, अन्तिममा हल्ला मात्रै भएको पुष्टि भएको थियो ।

पछि थाहाा भयो मोदी होइन भारत पश्चिम बंगालकी मुख्य मन्त्री ममता बेनर्जी पो नेपाल आउँदै रहेछिन् । निजी भ्रमणका लागि बनर्जीसहितको टोली नेपाल आउन लागेको जनाइएको छ । उनको टोली निजी भ्रमणका लागि शनिबार विमान चार्टर गरेर नेपाल आउन लागेकाले औपचारिक जानकारी भने नभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।