काठमाडौं, १७ फागुन । विद्या संस्कार अन्तरविद्यालय रोड रेसमा सीतापाइला उमाविकी हुमी बुढा मगर पहिलो भएकी छन् ।
विद्या संस्कार स्कुलद्वारा शनिबार आयोजित २.४ किलोमिटर दूरीको रेस हुमीले १० मिनेट १० सेकेन्डमा पूरा गरिन् ।
साम्बोट्टा उमाविकी छिमी किपाइ गुरुङ ११ मिनेट ५२ सेकेन्डमा दोश्रो तथा १२ मिनेट २० सेकेन्डमा केएमसी स्कुलकी दिप्ती चन्द तेश्रो भए ।
विजेतालाई एथलेटिक्स मुख्य प्रशिक्षक सुशीलनरसिंह राणाले एक कार्यक्रमबीच पुरस्कृत गरे । रेसमा विभिन्न २४ विद्यालयका ९० छात्राले सहभागिता जनाएको आयोजकका खेलकुद प्रमुख राजन न्यौपानेले जनाएका छन् ।
विद्या संस्कारका निर्देशक राजेश अधिकारीले गत भदौमै आयोजित रोड रेसका दौरान छात्राको पनि हुनु पर्नेमा प्राविधिक कारणले हुन नसकेको बताए ।
त्यसबेला छात्रतर्फ मात्र प्रतिस्पर्धा भएको थियो । विद्या संस्कार यसअघि चेल्सीको नामबाट सञ्चालित थियो ।













प्रतिक्रिया