२८ आश्विन २०८३, बुधबार

ख्याल गर्नुस् ! तपाईंको भिसा डेविट कार्ड चोरिएला

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ATM-Visa-Debit-card

काठमाडौं । चोरेको डेविट कार्ड प्रयोग गरेर भाटभटेनी सुपरमार्केटका विभिन्न शाखाबाट सामान खरिद गर्दैआएका दुई जनालाई आज महानगरीय प्रहरी वृत्त बौद्धले सार्वजनिक गरेको छ ।

भिसा डेविट कार्ड प्रयोग गरी भाटभटेनी सुपरमार्केट चुच्चेपाटीबाट नौ हजार १०० पर्ने मोबाइल खरिद गर्न लाग्दा काभ्रेपलाञ्चोक महेन्द्रज्योति–७ का विष्णु भट्टराई र नुवाकोट सिक्रे–७ का कपिल बुढाथोकी पक्राउ परेका हुन् ।

भट्टराई विगत चार महिनादेखि कामनपा–३ चक्रपथस्थित प्रयागदत्त तिवारीको घरमा निजी सवारी चालकका रुपमा कार्यरत थिए । भट्टराईले चार महिनाको अवधिमा तिवारीले भिसा डेविट कार्ड प्रयोग गरेर सामान खरिद गरेको देखेर उनकै भिसा डेविट कार्ड चोरी गरी सामान खरिद गर्ने गरेको अनुसन्धानबाट पत्ता लागेको वृत्तका प्रहरी नायब उपरीक्षक श्यामसिंह चौधरीले जानकारी दिनुभयो ।

भट्टराई र बुढाथोकीले चोरी गरेका भिसा डेविट कार्ड प्रयोग गरी भाटभटेनी सुपरमार्केट महाराजगन्जबाट ६३ हजार पर्ने एलइडी टिभी, २० हजार मूल्य पर्ने पाइन्ट, भाटभटेनीकै टङ्गाल सुपरमार्केटबाट पाँच हजार ५०० को राइस कुकर र विभिन्न खाद्य पदार्थ किनेको रसिद र सामानसहित उनीहरूलाई वृत्तको नियन्त्रणमा राखिएको पनि उहाँले जानकारी दिनुभयो ।

दुवैविरुद्ध चोरी र बैंकिङ कसुर गरेको आरोपसहितको मुद्दा काठमाडौँ जिल्ला अदालतमा दर्ता गरिसकिएको पनि प्रहरी नायब उपरीक्षक चौधरीले जानकारी दिनुभयो । तीमुद्दामा दुवैलाई चोरी र बैंकिङ कसुरमा कैद र जरिवानाको माग गरिएको छ ।