२८ आश्विन २०८३, बुधबार

यस्तो छ उपनिर्वाचनको तयारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Election_Commission

काठमाडौ । निर्वाचन आयोगले आगामी असार ८ गते आइतबार हुने संविधानसभाको उपनिर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलिरहितरुपमा सम्पन्न गर्न आवश्यक सबै तयारी द्रुत गतिमा भइरहेको जनाएको छ ।

काठमाडौ क्षेत्र नं. २, चितवन क्षेत्र नं.४, बर्दिया क्षेत्र नं. १ र कैलाली क्षेत्र नं. ६ उपनिर्वाचन हुँदैछ । यसका लागि आयोगले यी क्षेत्रका मतदाता नामावली संकलन तथा अद्यावधिक, मतदाता नामावली छपाइ, निर्वाचन अधिकृतको नियुक्ति, निर्वाचन अधिकृतको कार्यालय स्थापना, आचारसंहिता कार्यान्वयन र अनुगमनजस्ता निर्वाचनसँग सम्बन्धित काम गरिरहेको छ ।

प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले निर्वाचन व्यवस्थापनको कार्यलाई व्यवस्थित तुल्याउन मुुख्य सचिवमार्फत १६ बुँदे निर्देशनसमेत पठाइसकेको बताउनुभयो ।

“ती निर्वाचन क्षेत्रमा विद्युतीय मतदान हुँदैछ,” उहाँले भन्नुभयो – “उपनिर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलिरहितरुपमा सम्पन्न गर्न आयोगले आवश्यक पर्ने सबै काम गरिराखेको छ ।”

प्रमुख निर्वाचन आयुक्त उप्रेतीले मंसिर ४ मा जस्तै उपनिर्वाचनमा पनि उल्लेखनीयरुपमा सहभागिता जनाई लोकतान्त्रिक अभ्यासलाई सुदृढ र सबल बनाउन सबै राजनीतिक दल तथा सरोकारवालाहरूसँग आग्रह गर्नुभयो ।

चार निर्वाचन क्षेत्रमा दुई लाख ५१ हजार ३०४ मतदाताले १३७ मतदानस्थल र ३२४ मतदान केन्द्रमा मतदान गर्नेछन् । आयोगले थप भएका मतदातालाई मतदाता परिचयपत्र र मतदाता परिचयपत्र हराएका, च्यातिएका, छुटेका, त्रुटि भएकाहरूलाई पनि मतदाता परिचयपत्र वितरण गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

मंसिर ४ मा सम्पन्न संविधानसभा सदस्य निर्वाचनमा पर्यवेक्षण गरी आयोगमा अन्तिम नामावली बुझाइसकेकाहरूले मात्र उपनिर्वाचनमा पर्यवेक्षण गर्न पाउने प्रमुख निर्वाचन आयुक्त उप्रेतीले जानकारी दिनुभयो ।

निर्वाचनमा मोटरसाइकल ¥याली गर्न नपाइने र निर्वाचन खर्चलाई पारदर्शी बनाइने उहाँले जानकारी दिनुभयो ।

मंसिर ४ मा सम्पन्न संविधानसभाको निर्वाचनका लागि कुल सात अर्ब ७५ करोड ६४ लाख रुपैयाँ विनियोजन भएकामा चार अर्ब १७ करोड रुपैयाँ खर्च भएको जानकारी दिइएको थियो ।