२९ आश्विन २०८३, बिहिबार

विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाको शानदार जित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

CRICKET-WC-2015-RSA-WISकाठमाडौं, १५ फागुन । अष्ट्रेलियामा जारी विश्वकप क्रिकेट प्रतियोगितामा दक्षिण अफ्रिकाले शानदार जित हात पारेको छ ।

शुक्रबार भएको खेलमा वेष्टइन्डिजलाई २५७ रनको फराकिलो अन्तरले पराजित गर्दै दक्षिण अफ्रिका विजयी भएको हो ।

वेष्टइन्डिजलाई निर्धारित ५० ओभरको खेलमा दक्षिण अफ्रिकाले ५ विकेट गुमाउँदै ४०९ रनको लक्ष्य दिएको थियो ।

फराकिलो अन्तरको लक्ष्य पछ्याएको वेष्टइन्डिजको प्रदर्शन राम्रो नहुँदा अफ्रिका सामू निरिह हुँदै ३३.१ ओभर खेल्दै १५१ रनमा समेटिएको थियो । अफ्रिकाका इमरान तहिरले सर्वाधिक ५ विकेट लिएपछि वेष्टइन्डि सस्तैमा समेटियो ।

यसअघि टस जितेर ब्याटिङमा उत्रिएको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरको खेलमा ५ विकेट गुमाउँदै ४०८ रनको बिशाल स्कोर बनाएको थियो ।

अफ्रिकाका लागि एबि डिभिलियर्सले ६६ बल खेल्दै सर्वाधिक १६२ रन बनाए । यस्तै हासिम आमलाले ६५ फ्लादु प्लेसिसले ६२ रिले रोस्वोले ६१ रन बनाएका थिए। वेष्टइन्डिजका लागि क्रिश गेल र आन्द्रे रूसेलले २-२ विकेट लिए ।

आजको खेलमा क्रिश गेल चल्न नसक्दा वेष्टइन्डिजले लज्जास्पद हार व्यहोरेको हो । यसअघिका खेलमा क्रिश गेलले विश्वकपमा क्रिर्तिमानको वर्षा गराएका थिए ।