१२ कार्तिक २०८३, बिहिबार

प्रचण्ड–बाबुरामलाई देउवाको प्रश्न-‘प्रक्रियाको विरोध गर्नु कहाँसम्म उचित हो ?’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sher-Bahadur-Deuba

विराटनगर, १५ फागुन । नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले एकीकृत नेकपा माओवादीले बहुमतको अपमान गरेर संविधान बनाउन नदिन षड्यन्त्रमा लागेको अरोप लगाउनुभएको छ ।

सहमतिमा संविधान बनाउनका लागि प्रतिपक्षी वार्तामा आउनुपर्ने बताउँदै उहाँले सहमति नभएका अवस्थामा प्रक्रियाकै माध्यमबाट संविधान जारी हुने स्पष्ट पार्नुभयो ।

उहाँले संयुक्त सरकारलाई काम गर्नमा समस्या हुने गरे पनि सरकारले राम्रो काम गरेको बताउँदै सर्वदलीय सरकारको गठन भएको खण्डमा सुशील कोइरालाले नै सरकारको नेतृत्व गर्ने विश्वास प्रकट गर्नुभयो ।

उहाँले प्रश्न गर्नुभयो-प्रचण्ड र बाबुराम प्रधानमन्त्री हुँदा सहमतिमै किन संविधान नबनाइएको हो, संविधानसभामा उहाँहरु मतदानको प्रक्रियाबाट निर्वाचित भएर आउनुभएकाले अहिले संविधान निर्माणमा मतदान प्रक्रियाको विरोध गर्नु कहाँसम्म उचित हो ?

उहाँले तराईमा पहाडी भाग नमिसाइएको दुई राज्य र अर्को उत्तर-दक्षिणको भाग मिसाएर सङ्घीय राज्यको निर्माण हुनुपर्ने बताउनुभयो ।

नेपाल प्रेस युनियन मोरङद्वारा आयोजित पत्रकार सम्मेलनमा उहाँले यी दुई प्रकारका विचारलाई समन्वय गरी पूर्वका झापा, मोरङ र सुनसरी तथा पश्चिमका कैलाली र कञ्चनपुर जिल्लामा पहाडी क्षेत्र मिलाएर राज्य बनाउने सोचाइ रहेको बताउनुभयो ।